Sree Krishna Traders — Engine problem

Address:Pradesh no.1 , (jilla)sunsari ,dharan

महोदय,

मैले मेरो टीभीएस Ntorq मोडल को स्कुटर एक बर्ष पहिले श्री कृष्ण ट्रेडर्स, प्रदेश नम्बर १, (जिल्ला) सुनसरी, धरान बाट) किनेको थिये।

११ जुलाई 2021 मा सर्विसिंग को लागी मैले स्कुटर शोरुम मा लगेको थिए त्यहा उनिहरुले सर्विसिङ गर्ने क्रम मा स्कुटर को मोविल (engine oil) पुरानो निकालेर फाली दिए तर नया इन्जिन ओयल न हाली हामीलाई स्कुटर दिएर पठाइ दिए, र म त्यहा बाट स्कुटर लिएर गए र जब लगभग २० दिन पछि, इन्जिन बाट धेरै सारो आवाज आउन थाल्यो अनि मैले बाहिर machanic लाई देखाए, तब थाहा भयो कि स्कुटरमा इन्जिन ओयल नै छैन। यस्तो स्थितिमा, इन्जिनमा कति असर पर्यो होला, जो कोहिले पनि बुझ्न सक्छ । र यदि मानौ उनिहरु ले इन्जिन ओयल हाले को थिये भने पनि 1000 k .m मात्र कुदाउदा इन्जिन ओयल कसरी सुक्यो त काहा हरायो यो प्रस्न त्याहा उठ्छ ।मैले उनिहरुलाइ लगेरा स्कुटर देखाए तर उनिहरुले केही बनाउन मान्दैन सबै ठिक छ भन्छ जब कि इन्जिन बाट अझै अवाज आइ रहे को छ ।यस्तो लापरवाही भइरहेको छ, यस्तो लापरवाही गरने लाइ कारबाही हुनु पर्छ। र यसको कारण, इन्जिन मा भएको असर ले सम्भव छ कि मेरो स्कूटर को इन्जिन केहि महिना वा एक बर्ष मात्रै खप्ला । यस्तो स्थिति मा इन्जिन को ग्यारेन्टी कस्ले लिन्छ ??

मोडेल - टिभी ntorq
इन्जिन नम्बर -AG7KL2501007
मोब.[protected]
Was this information helpful?
No (0)
Yes (0)
Complaint comments 

Related reviews

Sree Krishna Traders - Engine
View all 2 Reviews

Post your Comment

    I want to submit Complaint Positive Review Neutral Comment
    code
    By clicking Submit you agree to our Terms of Use
    Submit

    Contact Information

    Pradesh no.1 , (jilla)sunsari ,dharan
    Nepal
    File a Complaint